एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय

Advertisement

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्ग सञ्चालित एनआईबिएल ग्रोथ फण्डको बुक क्लोज मिति तय भएको छ । 

फण्डले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित ६.३५ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरिसकेको छ । 

Advertisement

लाभांश वितरण प्रयोजनका लागि फण्डले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाइधनीले मात्रै घोषित प्रतिफल पाउनेछन् । 

नेपाल इन्भेष्टमेयट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक) कोष प्रवर्द्धक रहेको फण्डको योजना व्यवस्थापकमा एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) रहेको छ । 

Advertisement

Advertisement