तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ७ सय र चाँदी प्रतितोला ४० रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६० हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपियाँमा कारोबार भइरहेको छ । चाँदीको यो मूल्य पनि नयाँ रेकर्ड हो । 

Advertisement

Advertisement