राज्यका तीन उच्चपदस्थ व्यक्तित्वहरु नै देशबाहिर

प्रधानमन्त्री ओली अमेरिका उडे लगत्तै अर्थमन्त्री पौडेल किन चीन हान्निए ?

Advertisement

काठमाडौं । यतिबेला राज्य सञ्चालनका तीन मुख्य जिम्मेवार उच्चपदस्थ व्यक्तिहरु नै देश बाहिर छन्  । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा १० दिन लामो भ्रमणका लागि संयुक्त राज्य अमेरिकामा छन् भने लगत्तै उपप्रधान एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि चीन हान्निएका छन् । 

undefined

Advertisement

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ४ गते अमेरिका उडेका हुन् । १० दिनको अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आफु मात्र होइन साथमा धर्मपत्नी राधिका शाक्यसँगै परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरूलाई समेत साथमा नै लगेका छन् । 

यता चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते चीन हिडेका अर्थमन्त्री पौडेलले मन्त्रालयका प्रवक्ता एवंम् सहसचिव महेश भट्टराई लगायत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का उच्चपदस्थ पदाधिकारीहरुलाई लिएर गएका छन् । 

यसरी प्रधानमन्त्रीसँगै उपप्रधान एवंम् अर्थमन्त्री र परराष्ट्रमन्त्री राज्यका तीन महत्वपूर्ण उच्चपदस्थ व्यक्तित्वहरु नै देशबाहिर हुँदा राज्य सञ्चालनमा सुस्तता आएको छ । तथापि, प्रधानमान्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्का उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई थमाएर अमेरिका हिडेका छन् । 

undefined

लगत्तै अर्थमन्त्री पौडेल किन चीन हान्निए ?

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्र संघको विशेष कार्यक्रममा भाग लिने गएपनि तत्काल अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन जानुपर्ने कारण थिएन । तथापि, अर्थमन्त्री पौडेलले यहीँ बेला चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणा सम्झिए । अनि हतारहतार प्रधानमन्त्री ओलीसहितको टोली अमेरिका उडेको तेस्रो दिनमा नै उनी पनि चीन हान्निए । 
अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

मंगलबार चीनका उपप्रधानमन्त्री हि लिफेङसँग चीनको राजधानीमा बेइजिङमा भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले दुई देशबीचको आपसी हित र सहयोगबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

undefined

भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारकोतर्फबाट नेपालका लागि विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने प्रतिवद्धता जनाएको दाबी गरिएको छ । सोही अवसरमा उपप्रधामन्त्री हि लिफेङले आगामी दिनमा नेपाललाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

दुई देशको उच्चस्तरिय भेटवार्ताका क्रममा अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौं रेल निर्माण, टोखा– छहरे सुरुङ मार्ग, किमाथाङ्का–हिले, हिल्सा–सुर्खेत–भुरीगाउँ सडक, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, दमक औद्योगिक पार्क लगायतका पूर्वाधार निर्माणलाई अघि बढाउन अनुरोध गरेका छन् । 

यसैगरी चीनका विभिन्न शहरबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि समेत आवश्यक सहयोग गर्न अर्थमन्त्री पौडेलले चिनियाँपक्षसँग आग्रह गरेको बताइएको छ । 

नेपालका तर्फबाट भएको यस्तो आग्रहप्रति चीन सरकार सकारात्मक रहेको भ्रमण टोलीमा रहेका अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिएका छन् । 

Advertisement

Advertisement