बेनेली बाइक किन्दा १ लाखसम्मको छुट योजना सार्वजनिक

Advertisement

काठमाडौं । नेपालका लागि आधिकारिक बिक्रेता केटीएम इन्टरनेसनल ट्रेडिङले महान चाड बडा दशैं, शुभ दिपावली २०८१ को विशेष छुट योजना ‘चढौं बेनेली, बाँडौं खुसी योजना’ सार्वजनिक गरेको छ । 

कम्पनीका सेल्स तथा मार्केटिङ्ग म्यानेजर नबराज घिमिरेका अनुसार, यस योजनामा ग्राहकहरूले बेनेली बाइकको खरिदमा रु. १ लाखसम्मको छुट पाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरूले मनपरेको बाइक तथा स्कुटर खरिद गरी यसपालिको दशैंमा आफ्नो परिवारसँग खुसी बाँड्न सक्नेछन् ।

Advertisement

यस अफरमा बेनेली स्कूटर १२५ सिसी रु. २,५०,००० मा उपलब्ध हुनेछ भने बेनेली १८०एस रु. ३,३०,००० मा किन्न सकिनेछ । 

ग्राहकहरूले मूल्य रु. १२,००० बेनेली ब्रान्डको हेलमेट, निःशुल्क पाउनेछन् । साथै, पुरानो बाइक साटफेर गर्दा अतिरिक्त रु. ३०,००० को मूल्याङ्कन गरिनेछ र सम्पूर्ण बीमा तथा आर्थिक वर्षको कर पनि कम्पनीले निःशुल्क रूपमा बेहोर्नेछ ।

केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेली बाइकसँगै सुनरा इलेक्ट्रिक सवारी साधनहरू पनि बिक्री गर्दै आइरहेको छ । यो दशैंको अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ, जसले ग्राहकहरूलाई नयाँ सवारी साधनसँगै विशेष छुट र आकर्षक अफरको लाभ लिन सक्नेछन् । 
 

Advertisement

Advertisement