‘शान्ति’को खोजीमा डा. रक्षा पाण्डे मनास्लु हिमाल आरोहण गर्दै

Advertisement

काठमाडौं । ह्याम्स अस्पतालमा कार्यरत पल्मोनरी र क्रिटिकल केयरका वरिष्ठ परामर्शदाता डा. रक्षा पाण्डे मनास्लु हिमालको आरोहण गर्न मनास्लु आधार शिविरमा छिन् । उनी हाल आरोहणको लागि तयारी रहेकी छन् । 

उनले मनास्लु हिमाल सेभेन समिट ट्रेक कम्पनीबाटै आरोहण गर्न लागेकी हुन् । सगरमाथाको आठ दिन १३ घण्टा १९ मिनेटमा तीन पटक सफल आरोहण गरी कीर्तिमान कायम गरेका दावा फिन्जोक शेर्पाले डा. पाण्डेलाई मनास्लु हिमालमा गाइड गर्न लागेको हुन् । 

Advertisement

ह्याम्स अस्पतालमा कार्यरत उनले यसअघि सन् २०२२ मा मेरा पिक र आइल्याण्ड पिकको सफल आरोहण गरी सकेकी छन् । उनले मनास्लु हिमाल आरोहण गर्न जानुअघि कर्पोरेट नेपालसँगको कुराकानीमा आफू सन् २०२० मा पहिलो पटक सगरमाथा आधार शिविर पदयात्रा यात्राबाट आफ्नो हिमाल आरोहण यात्रा सुरु भएको बताइन् । 

null

सगरमाथा पदयात्रामा गएपछि प्रकृतिले उनलाई अझ धेरै मौहित गरायो, आफनै आखाँबाट हिमालहरुको दृश्यहरु देख्दा र प्रकृतिलाई महशुस गर्दा यसले झन् उनलाई मौहित गराएको बताइन् । 

हिमालमा, पदयात्रा गर्दा सबै विश्वव्यापी कुराहरु छोड्दा म को हु ? भने कुरा देख्छु । सबैले मलाई त्यस्तो गाह्रो गरी किन हिमालमा जान्छौं ? भन्दा म त्यहाँ आफूले आफूलाई खोज्न जान्छु भने गरेको उनले बताइन् । उनले भनिन, ‘हिमालमा मलाई एक किसिमको शान्ति अनभुव हुन्छ ।’ 

null


 

Advertisement