मिङ्मा जी शेर्पाले छैटौं पटक बिना अक्सिजन चढे मनास्लु, अब शिशापाङ चढ्ने

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पाले बिना अक्सिजन मनास्लु हिमालको छैटौं पटक आरोहण गरेका छन् । 

मिङ्माले सेप्टेम्बर २० तारिखका दिन ८ः२५ बजे विश्वको आठौं अग्लो हिमाल मनास्लुको सफलतापूर्वक आरोहण गरेको इमाजिन नेपाल ट्रेक्स कम्पनीका अपरेशन म्यानिजर दावा फुटी शेर्पाले जानकारी दिइन् । 

Advertisement

मिङ्माले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरुमध्ये १३ वटा हिमालको बिना अक्सिजन आरोहण गरिसकेका छन् । अब उनले तिब्बतमा रहेको शिशपाङ्मा हिमालको मात्र बिना अक्सिजन आरोहण गर्न बाँकी रहेको जनाइएको छ । 

मनास्लुको आरोहणलगत्तै मिङ्मा बिना अक्सिजन शिशपाङ्मा हिमालको आरोहण गर्न चीन पुगिसकेका छन् । यस वर्ष कडा नियमका साथ शिशापाङ आरोहणको लागि खुल्ला गरिएको छ । 

शिशपाङ्मा आरोहण गर्न ७ हजार मिटर उचाइको हिमाल आरोहण गरेको हुनुपर्ने चाइना–तिब्बत पर्वतारोहण संघले नियम ल्याएको छ । 

त्यस्तै छ हजार मिटर अग्लो हिमाल आरोहण गर्न आरोहीले ५ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने छ । सात हजार मिटर अग्लो हिमालको आरोहण गर्न ६ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने छ । आठ हजार मिटहिमाल आरोहण गर्न ७ हजार मिटर अग्लो हिमालको आरोहण गरेको हुनुपर्ने संघले नियम ल्याएको छ ।

यस्तै, पर्वतारोहीले ७ हजार मिटर माथि अक्सिजनको प्रयोग गर्नुपर्ने बताएको छ । तिब्बत प्रशासनले ७ हजार मिटर माथिको उचाइ हिमालमा बिना अक्सिजन आरोहण गर्न दिए माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पाले बिना अक्सिजन शिशापाङ हिमालको आरोहण गर्ने छन् । 

बिना अक्सिजन उक्त हिमालको आरोहण गर्न नपाए पनि उनको शिशापाङ हिमालको सफल आरोहणसँगै उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वाट हिमालहरु आरोहण गरिसके छन् । मिङ्मा आईएफएमजीए÷यूआईएजीएम प्रमाणित माउन्टेन गाइड हुन् । 

Advertisement

Advertisement