नेपाल एयरलाइन्सले अब विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि टिकट बेच्ने

Advertisement

काठमाडौं । नेपाल एयरलाइन्सले थप तीन ठाउँबाट अन्तर्राष्ट्रिय उडानको टिकट उपलब्ध गराउने भएको छ ।

यसअघि काठमाडौं बाहेक भैरहवा स्थित निगमको कार्यालयबाट मात्र अन्तर्राष्ट्रिय उडानको टिकट विक्रिवितरण गर्दै आएकोमा अब एयरलाइन्सले पूर्व विराटनगर, पश्चिम पोखरा र नेपालगञ्जबाट समेत टिकट उपलब्ध गराउने भएको हो ।

Advertisement

बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा र सो पश्चात् समेत निरन्तर सेवा रहने गरी वायुसेवा निगमका उडानहरुबाट यात्रा गर्न सहज रुपमा टिकट प्राप्त होस भनी थप तीन ठाउँमा टिकट काउन्टर विस्तार गरिएको एयरलाइन्सले जनाएको छ ।

साथै, यात्रुहरुले आफ्नो मोबाइलबाट वा निगमको वेवसाइटबाट समेत अनलाइन टिकट काट्न सकिने व्यवस्था रहेकोमा स्थानीय ठाउँबाट समेत थप सेवा दिदा सेवाग्राहीले अझ बढी सुविधा पाउने एयरलाइन्सले विश्वास लिएको छ ।

undefined
 

Advertisement

Advertisement