निर्जीवन बीमा कम्पनीहरुद्वारा ७ अर्ब ७४ करोड बीमा शुल्क संकलन, कुनको कति ? (सूचीसहित)

Advertisement

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१–८२ को २ महिना अर्थात भदौ मसान्तसम्म ७ अर्ब ७४ करोड ६७ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै ३ अर्ब ४८ करोड ६६ लाख रुपियाँ कूल बीमा शुल्क संकलन गरेका हुन् । 

Advertisement

तथ्याङ्क अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले सबैभन्दा बढी १ अर्ब १ करोड रुपियाँ कूल बीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ८१ करोड ३३ लाख रुपियाँ र शिखर इन्स्योरेन्स कम्पनीले ७२ करोड ३४ लाख रुपियाँमा कूल बीमा शुल्क संकलन गरी क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन् । 

त्यसैगरी चार लघु निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म ११ करोड ३ लाख कूल बीमा शुल्क संकलन गरेका छन् । भदौ महिनामा मात्र ५ करोड ८७ लाख बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । 

undefined

Advertisement

Advertisement