दसैंतिहारको मुखमा खाद्य तथा पेय पदार्थ तोकिएकै मूल्यमा बिक्री गर्नुपर्ने विभागको निर्देशनमा हानको आपत्ति

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको मौका पारी होटल तथा रेस्टुरेन्टहरुमा अनुगमन गरी खाद्य तथा पेय पदार्थ तोकिएकै मूल्यमा बिक्री वितरण नगर्नेलाई कसुर स्वरुप जरिवाना गर्ने सूचना जारी गरेकोमा नेपाल होटल संघ (हान) ले आपत्ति जनाएको छ ।

असोज ७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले सबै होटल तथा रेष्टुरेन्टलाई तोकिएको बजार मूल्य भन्दा बढी मूल्यमा खाद्य तथा पेय पदार्थ नबेच्न ध्यानाकर्षण गरेको थियो । लगत्तै बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै हानले विभागको यस खालको निर्देशनले होटल तथा रेस्टुरेन्ट व्यवसायहरु आतंकित भई नकारात्मक प्रभाव पर्न गएको बताएको हो । 

Advertisement

विश्व पर्यटन दिवस २०२४ को संघारमा आएका यस्ता क्रियाकलापबाट होटल, आतिथ्य, रेस्टुरेन्ट तथा समग्र पर्यटन व्यवसायमा कसरी व्यवसायिक रुपमा सञ्चालन गर्ने द्विविधा उत्पन्न भएको होटल तथा रेस्टुराँ व्यवसायीहरुले जनाइएका छन् । 

होटल तथा रेस्टुरेन्ट व्यवसायमा भाडा, बिजुली, पानी, स्वास्थ्य सुरक्षा, कर्मचारीलगायत ठूला ब्राण्डका अन्तर्राष्ट्रिय प्रचलन अनुसार पाँच तारे डिलक्स लगायतका स्तर अनुसार नेपाल  सरकारको मापदण्ड पूरा गर्नु पर्दा हुने ओभरहेड खर्च नै बढी हुने भएको हुँदा तोकिएको मूल्यमा खाद्य तथा पेय पदार्थ उपलब्ध गराउँदा व्यवसाय सञ्चालन हुन नसक्ने संघले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

विश्वव्यापी प्रचलन अनुसार मनासिव मुनाफा राखेर विक्री वितरण गर्न पाउने नैसर्गिक अधिकार रहेको समेत हानले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । 
होटल रेष्टुरा भनेको ग्राहाकलाई उच्च स्तरको सेवा प्रदान गरी व्यवसय गर्ने संस्था/प्रतिष्ठान भएको र यसले आफ्नो प्रतिष्ठान व्यवसाय गर्दा आफुले प्रदान गर्ने सेवाको मूल्यसूची तोकी मेन्य बनाई आफ्ना ग्रहाकालाई आफुले प्रदान गर्ने सेवा वस्तुको मुल्यको पुर्व जानकारी दिई व्यवसाय दिने हुदा त्यसरी दिएको सेवा विक्रीमा उपभोक्ता संरक्षण ऐन २०७५ को कुनै दफा उल्लघंन नहुने पनि संघले दाबी गरेको छ।

होटल तथा रेस्टुरेन्टले आफ्ना ग्राहाक, उपभोक्तालाई सेवा प्रदान गर्दा उक्त ऐनको दफा १२ आफ्ना ग्राहाकले स्पष्ट्र  रूपमा बुझ्ने र देख्ने गरी मूल्य तय गरी सेवा वस्तु उपलव्ध गराइने र सो सेवा प्राप्त गरे बापत उपभोक्ताले मुल्य वुझाउने हुदा त्यस्तो कार्यबाट उपभोक्ता संरक्षण ऐन २०७५ को कुनै दफा वा व्यवस्था उल्लघंन नहुने संघको दाबी छ । 

Advertisement

Advertisement