बेमौसमी वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु, ४ जना बेपत्ता

Advertisement

काठमाडौं। बेमौसमी वर्षा र बाढी पहिरोका कारण काठमाडौं उपत्यकामा मात्र २१ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बिहीबारदेखि आएको अविरल वर्षाका कारण बाढी पहिरोमा परि काठमाडौंमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।

Advertisement

यस्तै प्रहरीका अनुसार काठमाडौंमा बाढीले बगाउँदा ४ जना बेपत्ता भएका छन् ।  

बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी हराइरहेका र समस्यामा परेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरिएको छ । उक्त हेलिकप्टरले ललितपुरबाट २ जनाको उद्धार गरेको छ ।

Advertisement

Advertisement