एपीवान टेलिभिजनको सम्पूर्ण प्रशारण सेवा बन्द, कारण यस्तो

Advertisement

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनको प्रशारण सेवा बन्द भएको छ। बिहीबारदेखि परेको अविरल वर्षाका कारण टेलिभिजनको कार्यालयमा बाढी पसेपछि सम्पूर्ण प्रशारण सेवा बन्द भएको प्रधान सम्पादक दीपेन्द्र बान्तावाले जानकारी दिए। 

उनका अनुसार शनिबार बिहान ७ बजेपछि टेलिभिजनको प्रशारण बन्द भएको हो। ​

Advertisement

बान्तावा​का अनुसार टेलिभिजनको मुख्य कार्यालयभित्र बाढी पसेको छ। बाढी पसेपछि अहिले कार्यालयमा विद्युत सेवा अवरुद्ध रहेको छ। कार्यालयका गाडी, कम्युटर, ब्याकअपल गायतका सामाग्री डुबानमा परेका छन् । जसले गर्दा आपत्कालिन अवस्थामा टेलिभिजनको सम्पूर्ण प्रशारण सेवा बन्द गर्नु परेको बान्तावाले जानकारी दिए ।  

undefined

Advertisement

Advertisement