काठमाडौं । शुक्रबारदेखिको भीषण वर्षाले देशभर ठूलो जनधनको क्षति पुर्याएको छ ।
पहिल्लो अपडेटअनुसार बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् ।
बाढीपहिरोकै कारण देशभरका ४७ भन्दा बढी राजमार्ग बन्द छन् । नेपाल प्रहरीको आइतबार साढे ६ बजेसम्मको सूचनाअनुसार काठमाडौंदेखि हुम्मासम्मका राजमार्ग अवरुद्ध भएका छन् । त्यस्तै चार राजमार्गमा एकतर्फी सवारीसाधन चल्न थालेका छन् ।
यी हुन् बन्द राजमार्ग