नुवाकोटको शिवपुरीमा माइक्रोबस दुर्घटना, १३ जना घाइते

Advertisement

काठमाडौं । नुवाकोटको शिवपुरीमा यात्रुवाहक माइक्रोबस दुर्घटनामा पर्दा १३ जना घाइते भएका छन् । सोमबार दिउँसो काठमाडौंबाट लमजुङ हिडेको जम्बो हाइस ग.१ ख ४५३७ नम्बरको माइक्रोबस नुवाकोटको शिवपरी गाउँपालिका ८ स्थित अदुवाबारीमा दुर्घटना हुँदा माइक्रोमा सवार १३ जना यात्रु घाइते हुन पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको हो । 

बेमौसमी वर्षाका कारण बाढी पहिरो जाँदा काठमाडौंसँग जोड्ने मुख्य नाका नागढुंगा–नौबिसे सडक खण्डमा पहिरोका कारण बाटो अवरुद्ध हुँदा लमजुङ जाने उक्त माइक्रोबस टोखा–छहरे नुवाकोट हुँदै गल्छी जान लागेको थियो । तर, शिवपुरीको अदुवाबारीमा पुग्दा माइक्रोबस अनियन्त्रित हुँदै पल्टिदा सवार १३ जना नै घाइते हुन पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 

Advertisement

कोइरालाका अनुसार अहिले घाइते सम्पूर्णको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । 

Advertisement

Advertisement