पर्यटन बोर्डले गरायो ‘क्राइसिस सेल' २४ सै घण्टा सक्रिय

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले २४ सै घण्टा खुला रहने गरी क्राइसिस सेल सक्रिय गराएको छ । पछिल्लो समय भारी वर्षाका कारण अवरुद्ध भएका पर्यटकलाई सहयोग गर्न २४ सै घण्टा क्राइसिस सेल सक्रिय गराएको बोर्डले जनाएको छ।

मनसुन घट्न थालेपछि र परिस्थितिमा सुधार हुँदै जाँदा जनजीवन क्रमशः सामान्यमा फर्किएको र पर्यटन पुनः सुचारुको बाटोमा रहेको समेत बोर्डले जनाएको छ।
अधिकांश राजमार्गहरु राजधानीसँग जोडिएका लामा रुटका सडक सञ्जालहरु अहिले सुचारु रहेको र काठमाडौं आउने र जाने उडानहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन्। केही पथयात्रा क्षेत्रहरू अझै पुनर्स्थापित भइनसकेका बेला पर्यटक तथा यात्रुहरुको सहजताका लागि सम्बन्धीत निकाय तथा पक्षसँग बोर्डले विशेष आग्रह समेत गरेको छ । 

Advertisement

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले यस चुनौतीपूर्ण समयमा धैर्यता र समझदारी देखाएकोमा सबै पर्यटकप्रति कृतज्ञता समेत व्यक्त गरेका छन् । कार्यकारी प्रमुख जोशीले अवस्था क्रमशः सहजतातर्फ लम्किएको बताउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आमन्त्रित समेत गरेका छन् । 

Advertisement

Advertisement