बाढी पहिरो पीडितका लागि अस्थायी आवास बनाउन तीन दिनभित्र पहिलो किस्ताको रकम उपलब्ध गराइने

Advertisement

काठमाडौं । सरकारले बाढी पहिरोमा परी घर बार बिहिन बनेका पीडितहरुका लागि ७ दिन भित्र अस्थायी आवास निर्माण गर्ने भएको छ । तीन दिनसम्मको लगातारको अविरल वर्षाले देशैभरीको जनजीवन अस्तव्यस्त बनाउँदै सयौंको ज्यान लिएपछि आकस्मिक रुपमा आइतबार बसेको सर्वदलीय बैठकले पीडितहरुको सुरक्षा र राहतमा तत्काल जुट्ने निर्णय गरेको हो । 

विषदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरूका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

सर्वदलीय बैठकको निर्णयहरु :

१. मनसुनजन्य विपद्का कारण मृत्यु भएका प्रति श्रद्धाञ्जली सम्बन्धमा
यस वर्षको मनसुनजन्य बाढी, पहिरो, डुबान, चट्याङ्ग जस्ता विपद्‌को उद्धारका क्रममा मृत्यु भएका सुरक्षाकर्मी तथा सर्वसाधारणहरुप्रति भावपूर्ण श्रद्धाञ्जली एवं मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ्य लाभको कामना गर्ने।

२. खोज, उद्धार, राहत कार्यलाई तीव्रता दिने
विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट तत्काल सुरु गर्ने। विपदमा मृत्यू भएका व्यक्तिका परिवारलाई विपद पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७ बमोजिम बेपत्ता भएका व्यक्तिका परिवारलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१/०३/३१ को निर्णय नं (ख) बमोजिम राहत रकम उपलब्ध गराउने ।

३. अस्थायी आवास निर्माण अनुदान उपलब्ध गराउने
विषदमा घरबास गुमाएका परिवारहरूका लागि अस्थायी आवास निर्माणका लागि विपद् प्रभावित व्यक्तिहरूका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी तीन दिनभित्र अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने ।

४. सडक मर्मत गरी आवागमन सुचारु गर्ने सम्बन्धमा
राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरु यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने । बाढी पहिरोबाट हाल उत्पन्न विषम परिस्थितिमा सडक, खानेपानी लगायतका पूर्वाधार यथाशिघ्र सञ्चालन गरी सेवा प्रवाह सुचारु गर्न सम्बन्धित निकायले छिटो प्रकृयाबाट आवश्यक व्यवस्थापकीय कार्य गर्ने । 

५. मानवीय सहायता परिचालन सम्बन्धमा
विपद् प्रभावितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनामा लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ८ (भ) बमोजिम मानवीय सहायता परिचालन गर्न नेपाल स्थित संयुक्त राष्ट्र सङ्घीय निकाय साझेदार संस्थाहरूबाट रेडक्रसका अन्त लगायतका निर्णयबमोजिमःआवश्यकता अनुसार सहायता परिचालन गर्ने।

६. विपद् पश्चात फैलिन सक्ने महामारीजन्य रोग व्यवस्थापन गर्ने सम्बन्धमा

Advertisement

Advertisement