लाभांश पारित गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले वार्षिक साधारणसभा डाकेको छ । 

सभा कात्तिक १४ गते होटल क्रिस्टल पशुपति गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

Advertisement

सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित ३ प्रतिशत बोनस शेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभामा आव गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा पनि छलफल हुनेछ भने चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजकजो पारिश्रमिक निर्धारण हुनेछ । 

त्यस्तै, सभाले लिखु खोला जलविद्युत आयोजनाको निर्माणको लागि बैंक तथा वित्तीय संस्थासँग गरिएको ऋण सम्झौतामा कर्पोरेट ग्यारेन्टी दिने, नियमावली तथा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ५ गते बुक क्लोज गर्ने भएको छ । 

कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

Advertisement

Advertisement