आजसम्म शेयर किन्दा कामना सेवा विकास बैंकको प्रस्तावित लाभांश पाइने

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज असोज १४ गते सोमबार अन्तिम दिन हो ।

बैंकले लाभांश तथा साधारण सभा प्रयोजनका लागि असोज १५ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Advertisement

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, लिसारा रिसेप्सन भगवतीबहाल, नक्साल काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, १०० रुपियाँ दरले ३५ करोड रुपियाँबराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुने गरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल  तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षकनियुक्ति गरी निजको पारिश्रमिक तोक्ने काम पनि सभाले गर्नेछ ।

Advertisement

Advertisement