आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारीमा छौँः श्रममन्त्री
फाइल तस्बिर

Advertisement

काठमाडौं । श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक घोषणा गर्ने तयारी रहेको बताएका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले आन्तरिक रोजगारी वृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर आन्तरिक रोजगारी दशकको रुपमा घोषणा गर्न लागि रहेको बताए । 

Advertisement

भण्डारीले रोजगार दिने काम श्रम मन्त्रालयको नभएको भन्दै रोजगारीको लागि वातावरण बनाउने काम गरिरहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीको लागि सरकारले रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काम गर्ने बताए । 

मन्त्री भण्डारीले मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै भएको उल्लेख गरे । उनले वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याउने र पुनः एकीकरण गरी वैदेशिक रोजगारीबाट युवाहरुले सिकेको सीपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना रहेको बताए । 

भण्डारीले भने, ‘रोजगार दिने काम श्रम मन्त्रालयको होइन । रोजगारीको लागि वातावरण बनाउने काम हो । आन्तरिक रोजगारीको लागि सरकारले पनि रोजगारीका सम्भावनालाई समृद्धिसँग जोड्ने काममा लागेका छौं । अभियानको रुपमा सरकारले लिएर गएको छ । आगामी दशक आन्तरिक रोजगार दशकको रुपमा अगाडि बढाउने गरी मन्त्रालयले तयारी गरेको छ । मुलुकभित्र युवाहरुलाई राख्नको निम्ति वैदेशिक रोजगारीको विकल्प रोजगारी नै हो ।’ 

उनले थपे, ‘वैदेशिक रोजगारीमा गएका युवालाई स्वदेश फर्काएर ल्याएर पुनः एकीकरण गर्ने हिसावमा वैदेशिक रोजगारीमा जाँदा युवाहरुले सिकेको सिपलाई मुलुक निर्माणको निम्ति प्रयोग गर्ने सरकारको योजना छ ।’

राष्ट्रिय व्यवसायीक तालिम प्रष्तिठानले मुलुकभरी छरिएर रहेका सम्पूर्ण सीपमूलक तालिमहरुलाई एकद्वार प्रणालीमा ल्याउने मुलुकलाई चाहिने जनशक्तिलाई आवश्यक कोषको व्यवस्थापन सरकारले गर्ने भण्डारीले बताए । 

Advertisement