मिङ्मा र निर्मल पुर्जाले गरे शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण

Advertisement

काठमाडौं । विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा र विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले विश्वको १४औं अग्लो शिशपाङ्मा हिमालको बिना अक्सिजन सफल आरोहण गरेका छन् ।

मिङ्मा र निर्मलले आज (शुक्रबार) दिउसो २ बजे उक्त हिमालको बिना अक्सिजन सफल आरोहण गरेको इमाजिन नेपाल ट्रेक्सका प्रबन्धक दावा फुटी शेर्पाले जानकारी दिइन्। विना अक्सिन १४औं पिक चढेर नेपालीले राखेको यो पहिलो रेकर्ड समेत हो । तथापि, निर्मल पुर्जा गैरनेपाली नगारिक (एनआरएन) हुन् । 

Advertisement

आज मिङ्मा र निर्मलसहित १२ जनाले उक्त हिमालको सफलतापूर्वक आरोहण गरेको उनले बताइन् । मिङ्मा र निर्मलले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरुको बिना अक्सिजन आरोहण गरेका छन् ।

निर्मलको उक्त हिमाल आरोहणसँगै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु दोहोर्याएर सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छन् । 

त्यस्तै मिङ्माले पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा शिखरहरु सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । 
 

Advertisement

Advertisement