आव सुरु भएको तीन महिनापछि बजेट बनाइरहेको बोर्डले ७२ प्रतिशत रकम प्रवर्द्धनमा खर्च गर्ने

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको चालु आर्थिक बर्षको बजेटमा बोर्डले मुख्यगरी राष्ट्रिय अन्तर्राष्टिय पर्यटन प्रवर्द्धनमा रकम खर्च गर्ने तयारी गरेको छ । 

आर्थिक बर्ष सुरु भएको तीन महिनापछि बजेट बनाइरहेको बोर्डले प्रवर्द्धनमा ७२ प्रतिशत बजेट छुटटाउन लागेको हो । नयाँ सीईओ नियुक्त भएपछि पेस्की खर्च पास गरेर बोर्डले कर्मचारीको खर्चलगायतका अत्यावश्वक काम टारेको थियो ।

Advertisement

अहिले बोर्डको बार्षिक बजेट तयार गरी पास गर्न लागिएको छ । मुद्दा मामिलाका कारण नयाँ सीईओ नियुक्तिमा ढिलाई हुँदा र बोर्डको नेतृत्व गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सचिवले सञ्चालक समितिको बैठक नाराखिदिँदा बजेट अलपत्र पर्नुका साथै बोर्डको अरु कामकारवाही समेत प्रभावित हुँदै आएको थियो । 
 
बोर्डको बजेट अब बस्ने सञ्चालक समितिको बैठकले पास गर्ने जनाइएको छ । बजेटमा डिजिटल मार्केटिङलाई पनि प्राथमिकता दिइएको बताउँदै बोर्डका उपाध्यक्ष कमल सापकोटाले बजेटसम्वन्धमा छलफल गर्न यसअघि भएको छलफलमा करिब ४० वटाभन्दा बढी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी रहेको बताए । 

छलफलमा कस्तो बजेट बनाउने ? तय गरिएका कार्यक्रममा प्रभावकारिता कसरी ल्याउने ? भन्ने बारेमा कुरा उठेको सापकोटाले बताए । उनले भने, ‘यस्तो बजेट बन्यो भनेर पर्यटन व्यवसायीहरुलाई जानकारी गराउने र अन्तिममा केही थप, घट गर्नुपर्छ भने गरौं भन्ने हिसाबले सुझाव माग्न छलफल गरेको हो । व्यवसायीले बजेट पास गर्ने तर कार्यान्वयन चाहिँ नगर्ने भन्ने खालको कुरा उठाउनु भएको थियो । अब यस्तो नगर्ने र कार्यान्वयनको प्रभावकारितामा जोड दिइएको छ ।’

Advertisement

Advertisement