नेपाल हाइड्रो डेभलपरले माथिल्लो खुदीमा १० करोड लगानी गर्ने

Advertisement

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले माथिल्लो खुदी जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सुपर खुदी हाइड्रो पावर लिमिटेडद्धारा प्रर्वद्धित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजनामा कम्पनीले सेयर बापत १० करोड रुपियाँ लगानी गर्ने भएको हो । 

असोज २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त जलविद्युत आयोजनामा लगानी गर्ने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेष कुमार ढुंगानाले जानकारी दिएका छन् ।

Advertisement

सूचना अनुसार कम्पनीले प्रतिकित्ता रु.१०० का दरले १० लाख कित्ता बराबर १० करोड रुपियाँ लगानी गर्नेछ । 

undefined

Advertisement

Advertisement