दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स, १ लाख १७ हजारले लिए श्रम स्वीकृति

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तसम्म २ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई रु.२६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।

Advertisement

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६,४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४०,५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४,४५५ र ३२,००४ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५१ अर्ब ६५ करोड रहेको थियो ।

Advertisement

Advertisement