बीपी राजमार्गमा फेरि खस्यो ठूलो पहिरो, यातायात ठप्प

Advertisement

काठमाडौं । झण्डै दुई साताअघिको भारी बर्षपछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा नआउँदै फेरि अर्को ठूलो पहिरो खसेको छ । 

काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले एक गाडिलाई नै पुरेको छ । उक्त गाडी उद्दार गर्न गएको डोजर समेत पहरोमा परेर पल्टिएको छ । खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बस पहिरोमा परेको छ । यद्यपि मानवीय क्षति भने भएको छैन् । 

Advertisement

डिभिजन सडक कार्यालय भक्तपुरले सडक खुलाउने प्रयास भइरहेको बताउँदै पहिरो खसिरहेकाले खुलाउने प्रयास ढिलो भएको बताएको छ । बाढी पहिरोले क्षति पुर्याएको बीपी राजमार्ग ठाउँ–ठाउँमा डाइभर्ट गरी आजै बिहानबाट एकतर्फी सञ्चालनमा ल्याइएको थियो । अहिले प्रहरीले बीपी राजमार्गबाट यात्रा नगर्न सार्वजनिकरुपमा आव्हान गरेको छ । 

Advertisement

Advertisement