अब होटलले पर्यटकलाई एक हजार डलरसम्मको सटही सुविधा दिन पाउने

Advertisement

काठमाडौं ।  अब होटलहरुले एक ग्राहक (पर्यटक) लाई एक हजार डलर सम्मको विदेशी मुद्रा सटही सुविधा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन संसोधन गर्दै होटलबाट एक हजार डलरसम्मको मुद्रा सटही सुविधा दिने व्यवस्था गरेको हो । 

‘होटलहरूले प्रति ग्राहक अधिकतम अमेरिकी डलर १,००० वा सो बराबरसम्मको विदेशी मुद्रा एक बसाई अवधिमा एकै पटक वा पटक– पटक गरी सटही प्रदान गर्न सक्नेछन्,’ संसोधित निर्देशनमा उल्लेख छ । 

Advertisement

पहिला यसमा तीन सय डलरको सिमा थियो । साथै, ग्राहकले एक बसाईमा एक पटक मात्रै विदेशी मुद्रा सटही सुविधा पाउने व्यवस्था थियो । अहिले त्यसलाई संसोधन गरिएको हो । विशेषगरि विदेशी पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ  ।

Advertisement

Advertisement