सुनको मूल्यले राख्यो एक लाख ६२ हजार ४ सयको नयाँ रेकर्ड

Advertisement

काठमाडौं । सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अर्थात् कात्तिक १ गते छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै एक लाख ६२ हजार ४ सय रुपियाँ कायम भएको हो । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो दिन असोज ३० गते छापावाला सुन प्रतितोला एक लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

तथापि, आज चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही कायम भएको हो । 
 

Advertisement

Advertisement