वर्तमान मन्त्रिमण्डलका सदस्यहरुको ‘सुन मोह’, १९ मन्त्रीसँग साढे १२ करोडको सुनचाँदी

Advertisement

काठमाडौं । सरकारका प्रधानमन्त्री, उप्रधानमन्त्री तथा मन्त्रीहरुसँग १२ करोड ४२ लाख ९६ हजार रुपियाँ बराबरको सुनचाँदी रहेको देखिएको छ । मंगलबार सरकारले मन्त्रिमण्डलका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको थियो ।

त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित १९ जना मन्त्रीहरुसँग ठूलो परिमाणमा सुनचाँदी देखिएको छ । उनीहरुसँग सुन मात्रै ८१९ तोला रहेको छ । बुधबारको मूल्य (एक लाख ४० हजार पाँच सय रुपियाँ प्रतितोला) अनुसार त्यसको मूल्य ११ करोड ५० लाख ६९ हजार ५०० रुपियाँ हुन्छ । 

Advertisement

यसैगरि मन्त्रीहरुसँग चार हजार ८५६.३८ तोला चाँदी रहेको छ । बुधबारको मूल्य (१९ सय प्रतितोला) अनुसार त्यसको मूल्य ९२ लाख २७ हजार १२२ रुपियाँ हुन आउछ । 

मन्त्रीहरुमध्ये सबैभन्दा धेरै सुन वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीसँग देखिएको छ । उनीसँग कुल १५८ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यसमा साह आफैसँग ५६ तोला सुन रहेको छ । अन्य सुन भने उनको परिवारका सदस्यसँग रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

शहरी विकास मन्त्री धनबहादुर बुढा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालसँग १५०–१५० तोला सुन रहेको छ भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पनि ८० तोला सुन देखिएको छ । 

साथै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग ७५ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ । चाँदीतर्फ सबैभन्दा धेरै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग नै देखिएको छ । उनीसँग २५ केजी (२१४३.३८ तोला) चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख छ । 

उप्रप्रधान तथा गृहमन्त्री लामिछानेसँग पनि २० केजी अर्थात् १७१५ तोला बराबरको चाँदीका भाडाकुडा रहेका छन् ।

हेर्नुहोस् कुनमन्त्रीसँग कति छ सुन चाँदी ? 
१. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सुन – ५ तोला
चाँदी – नभएको

२. उपप्रधान तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ
सुन – ४३ तोला 
चाँदी – १.५० केजी (झण्डै १२९ तोला)

३. उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ  
सुन – नभएको 
चाँदी – नभएको 

४. उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने 
सुन – ८० तोला 
चाँदी – २० केजी अर्थात् १७१५ तोला (भाडाकुडाका सामानहरु)

५. अर्थ मन्त्री बर्षमान पुन 
सुन – नभएको 
चाँदी – नभएको 

६. ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत
सुन – ५ तोला 
चाँदी – नभएको 

७. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी 
सुन – करिब २१ तोला (परिवार सदस्य सहित) 
चाँदी – ६० तोला 

८. संस्कृत, पर्यटन तथा नागरिक उडयन मन्त्री हित बहादुर तामाङ
सुन – ६ तोला  
चाँदी – ८ तोला 

९. सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा 
सुन – ६ तोला
चाँदी – ३ तोला 

१०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी
सुन – २३ तोला 
चाँदी – नभएको 

११. कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाह 
सुन – १० तोला 
चाँदी – २५ तोला 

१२. स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव 
सुन – विवरण नबुझाएको  
चाँदी – विवरण नबुझाएको  

१३. भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलाराम अधिकारी
सुन –  १० तोला 
चाँदी –  नभएको 

१४. उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी
सुन – ६ तोला
चाँदी – नभएको 

१५. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी
सुन – ७५ तोला 
चाँदी – २५ केजी (२१४३.३८ तोला)

१६. खानेपानी मन्त्री राजेन्द्र कुमार राई 
सुन – १० तोला 
चाँदी – १०० तोला 

१७. रक्षा मन्त्री हरिप्रसाद उप्रेती 
सुन – २५ तोला 
चाँदी – नभएको 

१८. सहरी विकास मन्त्री धन बहादुर बुढा 
सुन – १५० तोला 
चाँदी – ३०० तोला 

१९. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल 
सुन – १५० तोला 
चाँदी – १०० तोला 
हिरा – १० तोला

२०. शिक्षा मन्त्री सुमना श्रेष्ठ 
सुन – ११ तोला
चाँदी – १०० तोला
हिरा – हिराको सेट १, हिराको टप १ (परिमाण नखुलाइएको )

२१. युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ 
सुन – १५ तोला 
चाँदी – ५० तोला 

२२. बन तथा बातावरण मन्त्री नवल किसोर साह सुडी 
सुन – १५८ तोला (परिवार सदस्य सहित)
चाँदी –  १ किलो ४२९ ग्राम (झण्डै १२३ तोला) (परिवार सदस्य सहित)

२३. स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हसीना खान 
सुन – विवरण नबुझाएको  
चाँदी – विवरण नबुझाएको  
 

कुल सुन – ८१९ तोला  
(बुधबारको मुल्यअनुसार ११ करोड ५० लाख ६९ हजार ५०० रुपियाँ) 

कुल चाँदी – ४ हजार ८५६.३८ तोला 
(बुधबारको मुल्यअनुसार ९२ लाख २७ हजार १२२)

Advertisement

Advertisement