खाद्य विभाग भन्छ– भारतबाट आएको ८५ हजार किलो गुणस्तरहीन चामल उतै फिर्ता गरियो

Advertisement

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंको समयमा भारतबाट आएको ८५ हजार किलो गुणस्तरहीन चाम उतै फिर्ता गरिएको बताएको छ । 

विभागले विज्ञप्ति जारी गरी नेपालगञ्जका व्यवसायीले भारतबाट आयात गरेको ८५ हजार किलो चामल न्यून गुणस्तरको भएको पाइएपछि भारतमै फिर्ता गरिएको बताएको हो ।

Advertisement

परीक्षणका क्रममा चामलमा क्षतिग्रस्त दानाको मात्रा धेरै पाइएको जनाइएको छ । दशैंको समयमा भन्सारमा आइपुगेको चामल नेपालगञ्ज एकीकृत जाँच चौकीस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गरेको थियो ।

परीक्षणका क्रममा सरकारको चामलको लागि तोकेको अनिवार्य मापदण्डबमोजिम न्यून गुणस्तर भएको पाइएको विभागको भनाई छ । 

चामल गुणस्तर भएको पाइएपछि नेपालगञ्ज भन्सार कार्यालयलाई विभागले निर्यात गर्ने देशमै फिर्ता गरिदिन पत्र पठाएको छ । सोही अनुसार भन्सार कार्यालयले चामल फिर्ता पठाइसकेको विभागले जानकारी दिएको छ । 

undefined

Advertisement

Advertisement