वायुसेवा निमगले तिर्यो कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भूक्तानी दिएको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुईवटा न्यारोबडी र दुईवटा बाइडवडी जहाज खरिदका लागि दुईवटा कोषसँग ऋण लिएको थियो । सोही ऋणको नियमित साँवा ब्याजसहितको किस्ता बापत निगमले असोज ३० गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भूक्तानी दिएको हो । 

निगमको व्यवस्थापनमा नयाँ नेतृत्व आएसँगै २०८१ असोजसम्ममा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपियाँ किस्ता बापत ऋण भूक्तानी गरिसकिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् । 

Advertisement

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो अवधिको ब्याज, ब्याजको पनि ब्याज तथा हर्जाना छुट गरी सहयोग गरिदिन निगमले सरकारसँग पटकपटक माग गरिरहेको छ । ऋणको नियमित किस्ताको संख्या समेत वृद्धि गरेर सहज बनाइदिन निगमले आग्रह गर्दै आएको छ । 

undefined

Advertisement

Advertisement