पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउन सातै प्रदेशका आयोजना प्रमुखलाई उपप्रधानमन्त्री सिंहको निर्देशन

Advertisement

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउने गरी काम गर्न सातै प्रदेशका आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । शुक्रबार पुल्चोकस्थित स्थानीय पूर्वाधार विकास आयोजनाको सभाहलमा आयोजना अन्तर्गतका सातै प्रदेशका आयोजना प्रमुख, आयोजनाका महानिर्देशक सहित सरोकारवाला व्यक्तित्वहरलाई छलफलमा डाक्दै मन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन् । 

आयोजनाको अन्तिममा समिक्षा गर्दा कार्यान्वयन फितलो भइसकेको हुने भन्दै मन्त्री सिंहले शुरुमै आयोजना कार्यान्वयनका समस्या पहिचान गर्ने गरि छलफल शुरु गरेका थिए । पूर्वाधार आयोजनाको कामलाई प्रभावकारी बनाउन नीतिगत विषयमै बढी जोड दिनुपर्ने उनले धारणा राखेका थिए । 

Advertisement

छलफल पश्चात मन्त्री सिंहले भने, ‘तपाईंहरुसँगको छलफलपछि समस्या के हो ? पहिचान भएको छ । मुलतः यो छलफल परिणामका लागि हो । समस्या सुन्ने मात्र होइन समाधानका लागि म उचित पहल समेत गर्छु । तर, काममा ढिलासुस्ती हुनुभएन, फटाफट हुनुपर्यो’ उनले भने । 

छलफलमा स्थानीय पूर्वाधार विकास आयोजना अन्तर्गत सातै प्रदेशका आयोजना प्रमुखहरुले चालू आर्थीक वर्षमा भएका योजनाका उपलब्धीहरु, भोग्नुपरेका समस्या र भइरहेका कामबारे विस्तृतमा प्रस्तुतीकरण दिएका थिए । 

असोजमा आएको बाढीका कारण भएको क्षती र बाढी पछि भएका कामबारे पनि आयोजना प्रमुखहरुले मन्त्री सिंहलाई जानकारी गराएका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतका झोलुंगेपुल र सडकहरुमा बाढीका कारण क्षती पुगेको छ । आयोजनाका विभिन्न प्रदेशका प्रमुखहरुले पूर्वतयारी भएका आयोजनामा बजेट नपर्ने तर नयाँ आयोजना थपिनेक्रम रोक्नुपर्नेमा जोड दिएका छन् । 

यस्तै, एउटै आयोजनामा पनि डुप्लिकेसनको समस्या रहेको भन्दै त्यसलाई रोक्ने गरि पहल गर्नुपर्ने धारणा आयोजना प्रमुखहरुले राखेका छन् । 

मन्त्रालयका सचिव मणिराम गेलालले चालू आवको विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न देखापरेका समस्या, समाधानका उपाय र आयोजनाकातर्फबाट विभाग र मन्त्रालयसँगको अपेक्षाबारेको छलफलले धेरै विषय प्रष्ट भएको भन्दै यसले आगामी दिनमा काम गर्दा थप सहज हुने बताए।

Advertisement

Advertisement