रविको गर्जन, ‘सरकारलाई हेक्का होस्, मान्छे बेचेर आएको होइन, बेचिएको मान्छे बचाएर राजनीतिमा आएको हुँ’

Advertisement

काठमाडौं । आफु विरुद्ध पक्राउपुर्जी जारी भएपछि आक्रोशित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई चेतावनी दिएका छन् । पार्टी कार्यालय बनस्थलीमा पार्टीको कार्यकर्ता, नेता तथा सुभचिन्तकहरुको भिडका बीच उभिएर सञ्चार माध्ययको अगाडि गर्जिएका लामिछानेले ‘आफुले नबिराएको र नडराएको’ उद्घोष गरे । 

‘सरकालाई हेक्का होस् रवि लामिछाने कुनै मान्छे बेचर आएको होइन, बेचिएको मान्छेलाई बचाएर राजनीतिमा आएको हुँ ।’ सहकारी ठगीको सन्दर्भमा आफु विरुद्ध कुनैपनि तथ्य, प्रमाण तथा दोषि प्रमाणित नहुँदा नहुँदैपनि सरकारले मिडिया ट्रायल गरेर आफुमाथि धरपकड गर्न खोजेको लामिछानेले आरोप लगाएका छन् ।

Advertisement

‘सरकार, अध्ययन अनुसन्धान, प्रहरी कसैले पनि रवि लामिछानेले सहकारी ठगी गरेको कुनै प्रमाण भेट्न सकेको छैन । कसैले पनि दोषि प्रमाणित गर्न सकेको छैन । प्रहरी प्रशासन उच्च अधिकारीले सार्वजनिक समितिमा नै उभिएर सहकारी ठगीमा मेरो कुनै संलग्नता भेटिएन भन्छ । अहिलेका प्रधानमन्त्रीले नै सहकारी ठगीमा रवि लामिछानेको कुनै संलग्नता छैन भनेर भन्नुहुन्छ । सहकारी ठगी सम्बन्धि छानविन समितिले पनि छानविनको क्रममा सहकारी ठगी र बचत अपचनमा रवि लामिछानेको कहिकतै कुनै संलग्नता देखिएन, पाइएन, छैन स्पष्ट भन्छ । फेरि, कुन नयाँ तथ्य आयो र यो ट्रायल गर्न खोजियो ? मैले बुझेको छैन’ लामिछानेले भने । 

सोही अवसरमा सभापति लामिछानेले अरु कायर जस्तो आफु भागेर लुकेर कतै नगएको भन्दै यहीँ शिर ठाडो पारेर उभिएको दाबी गरे । 

सहकारी ठगी सम्बन्धी मुद्दामा अनुसन्धान गर्न भन्दै कास्की जिल्ला अदालतले शुक्रबार सभापति लामिछाने विरुद्ध पक्राउन पुर्जी जारी गरेको छ । योसँगै आफु पुनः पक्राउ पर्न सक्ने भएपछि सभापति लामिछाने पार्टी कार्यालय पुगेका छन् । पार्टी कार्यालयमा कार्यकर्ता, नेता तथा सुभचिन्तकहरुको ठूलो भिड लागेको छ । यतिबेला सभापति लामिछानेले भिडलाई सम्बोधन गरिरहेका छन् भने कार्यकर्ता तथा सुभचिन्तकहरुले लामिछानेको पक्षमा नाराबाजी लगाइरहेका छन् । 
 

Advertisement

Advertisement