दाहाल नेतृत्वको सरकार ढाल्दा मलाई जसरी पनि जेल कोच्ने सम्झौता गरिएको थियोः लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन सरकार ढाल्दा नै आफूलाई जेल कोच्ने सहमति नेपाली कांग्रेस र नेकपा एमालेले गरेको दावी गरेका छन् । 

आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न पार्टी कार्यालयमा पुगेका प्रहरीलाई गिरफ्तारी दिनुअघि उनले भने, ‘जुन दिन सरकार ढाल्ने सम्झौता भएको थियो, रविलाई जसरी भएपनि जेल कोच्छौँ, तपाईँ चिन्ता नगर्नुस् भन्ने सम्झौता उहाँहरूले गर्नुभएको सूचना मलाई छ ।’

Advertisement

लामिछानेले राज्यले दादागिरी गरेको र त्यसको डटेर सामना गर्ने साहस कार्यकर्ताहरूलाई मिलोस् भन्ने अभिव्यक्ति पनि दिए । आफूले कुनै पनि किसिमको अपराध नगरेको र न्यायिक प्रक्रियालाई सघाउन प्रतिबद्ध रहेको बताउँदै उनले थपे, ‘तर राज्यले सम्पूर्ण स्रोत र शक्ति लगाएर जुन कार्य गरेको छ, त्यसलाई नेपाली नागरिकले हेरेका छन् भन्ने मैले विश्वास लिएको छु ।’

उनलाई पक्राउ गरेर प्रहरीले गाडीमा लिएर जाँदा कार्यकर्ताहरूको भीडले प्रधानमन्त्री र सरकारविरुद्ध चर्को नाराबाजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई पक्राउ गरी पठाइदिन आजै प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरलाई पत्र पठाएका थियो ।

Advertisement

Advertisement