रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाट पक्राउ

Advertisement

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछालाई पक्राउ गरेको छ । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको हो ।

आफ्नो पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी लामिछानेले आफै प्रहरीको गाडी चढ्न गएका थिए । उनलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोली वनस्थली पुगेको थियो । 

Advertisement

लामिछानेलाई आजै पोखरा लाने तयारी गरिएको छ । सहकारी ठगीसम्वन्धी अध्ययन गर्न बनेको एमाले साँसद सूर्य थापा नेतृत्वको संसदीय समितिले लामिछानेले कुनै पनि सहकारीबाट ऋण वा सापटी लिएको नदेखिए पनि सहकारीको रकम उनी पहिला कार्यरत कम्पनी गोरखा मिडियामा अपचलन भएकोले लामिछाने दोषी हुने औंल्याएको थियो । सोही प्रतिवेदनकै आधारमा प्रहरीले यसअघि गोरखा मिडियाका अर्का पूर्वसञ्चालक छविराज जोशीलाई पक्राउ गरेको थियो । 

समितिले प्रतिवेदन बुझाएपछि सरकारले यथासिघ्र सार्वजनिक गर्दै तत्कालै कार्यान्वयन गर्ने निर्णय पनि गरेको थियो । लामिछानेलाई सहकारी ठगीसँगै संगठित अपराधको मुद्दा पनि लगाउने तयारी गरिएको छ । 

Advertisement

Advertisement