भिस्तारा एयरको जहाजमा बमको हल्ला, प्रहरी र सेना जाँच गर्दै

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतको निजी वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्स (एयरबस ए३२०)मा बम रहेको हल्लापछि विमानलाई पार्किङ–वेबाट अलगै राखेर सुरक्षा जाँच गरिरहेको छ । 

त्रिअ विमानस्थल कार्यालयका अनुसार अहिले सेना र प्रहरीले जहाजमा बम भएनभएको कुराको जाँच गरिरहेको छ । नयाँ दिल्लीबाट आएको उक्त जहाजमा आएका सबै यात्रु, लगेज, कार्गो चेकजाँच भइरहेको छ । तर बम भने अहिलेसम्म फेला नपरेको कार्यालयको भनाई छ । 

Advertisement

बमको हल्लापछि अन्य उडानहरु समेत प्रभावित भएका छन् । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरु आकाशमै होल्ड गरिनुका साथै उड्नुपर्ने जहाजहरु समेत रोक्किएका छन् । 

Advertisement

Advertisement