सेरेसको विद्युतीय गाडीमा आगलागी, पार्किङमा राखेको गाडीमा एकाएक कसरी लाग्यो आगो ?

Advertisement

काठमाडौं । राजधानीको सितापाइलामा पार्किङ गरेर राखेको विद्युतीय गाडी (ईभी)मा आगलागी भएको छ । आगलागी भएको ईभी चिनियाँ ब्राण्ड सेरेसको भएको खुलेको छ । 

पार्किङमा राखिएको बा प्र ०२ ०२९ च ५९५० नम्बरको ईभीमा एक्कासी आगोलागि भएको प्रहरीले जनाएको छ ।

Advertisement

यस विषयमा बुझ्न खोज्दा गाडीमा आगलागी नभएको बिक्रेता पक्षको दावी छ । एमएडब्ल्यू समूहले बिक्री गर्दै आएको सेरेस ब्राण्डको यो कारमा ‘टेक्निकल इरोर’ भएर सामान्य समस्या आएको प्रतिक्रिया दिएको छ । यस विषयमा थप अध्ययन गरेपछि मात्र वास्तविकता थाहा पाउन सकिने कम्पनीका अधिकारी प्रसन्न पन्तले कर्पोरेट नेपाललाई बताए । 

यसैबीच कम्पनीले यस सम्बन्धमा विज्ञप्ति प्रकाशित गरी गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको र गाडिमा ‘शर्ट सर्किट’ भएर धुवाँ डिस्चार्ज भएको जिकिर गरिएको छ । 

उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरूमार्फत् मर्मत सम्भार गरिएको हुनसक्ने र सोही कारण प्राविधिक खराबी उत्पन्न भएको हुनसक्ने बिक्रेता कम्पनीको जिकिर छ । 

कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडिको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ । तर सडकमा हिँड्ने यात्रुहरुले भने गाडीबाट ठूलो मात्रामा आगोको धुवाँ निस्किएपछि दमकल र प्रहरी बोलाएर नियन्त्रण गरिएको थियो । त्यस क्रममा स्थानीयले पनि सहयोग गरेका थिए । 

सितापाइलामा रहेको विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा पार्किङमा राखिएको सो गाडिमा ब्याट्रीमा नै समस्या उत्पन्न भएर आगलागी भएको देखिएको प्रहरीको भनाई छ । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

 

undefined

Advertisement

Advertisement