चार दाजुभाइले चढे इन्डोनेसियाको कार्टेन्स्ज़ पिरामिड

Advertisement

काठमाडौं । इन्डोनेसियामा रहेको कार्टेन्स्ज़ पिरामिड हिमालको चार दाजुभाइले सफल आरोहण गरेका छन् ।

उनीहरुले आज दिउँसो १ः५० बजे उक्त हिमालको सफलापूर्वक आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीले जनाएको छ । कार्टेन्स्ज़ पिरामिड अष्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमालमा हो । 

Advertisement

७ महाद्वीपका ७ सर्वोच्च पर्वतहरू मध्ये यो सातौं शिखर हो । चार दाजुभाइहरु सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पा, कम्पनीका बोर्ड निर्देशक र एक्सपेडिशन व्यवस्थापक छाङ दावा शेर्पा, कम्पनीका व्यवस्थापक निर्देशक टासी लाक्पा शेर्पा र कार्यकारी निर्देशक पासाङ फुर्बा शेर्पाले उक्त हिमालको सफल आरोहण गरेका हुन् । 

मिङ्मा र छाङ दावाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै सफलतापूर्वक आरोहण गरिरीसकेका छन् । 

मिङ्मा शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु चढ्ने पहिलो दक्षिण एसियाली बनेर इतिहासमा आफ्नो नाम लेखिसकेका छन् ।  

छाङ दावा शेर्पाले पनि इतिहासमा १४ वटा शिखरहरु चढ्ने पहिलो दाजुभाइहरूको रूपमा कीर्तिमान कायम गरिसकेका छन् । 

टासी लाक्पा शेर्पा, उनी बिना अक्सिजन (पूरक अक्सिजन) को प्रयोग नगरी सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको कीर्तिमान कायम गरिसकेका छन् । कार्टेन्स्ज़ पिरामिडको सफल आरोहणसँगै उनले ७ समिट्स पूरा गरेका छन् र दक्षिण ध्रुवमा पनि पुग्न सफल भएका छन् ।

पासाङ फुर्बा शेर्पाले पनि ७ समिट्समा ४ वटा शिखरहरू चढिसकेका छन्, जसमा सगरमाथा, माउण्ट एल्ब्रस, किलिमाञ्जारो, र कार्टेन्स्ज़ पिरामिड समावेश छन् । 

Advertisement

Advertisement