ओलीले छोरी मानेकी युवा संघकी नेतृ मृतकको बीमा रकम र सम्पत्ति हत्याउन सक्रिय

Advertisement

काठमाडौं । राजनीतिक संरक्षण पाएको मान्छेले आफ्नो स्वार्थ पूर्तिका लागि कुन हदसम्म जालझेल र अपराध कार्य गर्न सक्छ भन्ने उदाहरण एक घटनाले देखाएको छ । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले छोरी मानेकी इलामकी युवन्तिका राईले एकपछि अर्को अपराधका घटनामा मुछिएका तथ्यहरु सार्वजनिक भएको धेरै समय भइसक्दा पनि उनीमाथि छानविन र कारवाही भएको छैन् । ओलीसँगै इलामका एमालेका युवा नेता सुहाङ नेम्वाङलाई समेत राम्रोसँग प्रयोग गर्दै आएकी राईले एक घटनामा मृत्यु भएका युवकसँग आफ्नो सम्वन्ध रहेको कीर्ते कागजाज बनाएर बीमा रकम हत्याउने र उनको सम्पत्तिमाथि हक जमाउने प्रयासमा लागेको खुल्न आएको छ । 

Advertisement

एमालेनिकट युवा संघकी केन्द्रीय सदस्य पनि समेत रहेकी राईले झुट्टा विवरण दिई नेपाली नागरिकता लिएको आरोपमा डेढ लाख रुपियाँ धरौटीमा रिहा भएकी थिइन् । सो मुद्दाको निरुपण नहुँदै राई अरु थुप्रै अपराध र ठगी धन्दामा लाग्दै आएको तथ्यहरुले देखाउँछ । एमाले र युवा संघलाई देखाएर चन्दा र फिरौती माग्ने, काम गराइदिन्छु भन्दै कमिसन लिने कुरा उनको लागि सामान्य बन्दै आएको छ ।  

युवन्तिका राईले झुट्टा विवरण पेश गरी वंशजको नागरिकता लिएको जाहेरी परेपछि पीडित परिवारले दर्ता गरेको मुद्दामा जिल्ला अदालत चितवनले २०७९ फागुन १० गते राईलाई दोषी ठहर गरेको थियो । यद्यपि राजनीतिक दबाबमा राईको नागरिकतासम्वन्धी मुद्दा अहिलेसम्म अदालतबाट टुंग्याउने काम भएको छैन् । विभिन्न नाममा पेशी सार्ने काम हुँदै आएको पीडित पक्षको भनाई छ । 

युवन्तिका राईले चितवन निवासी छविलाल तामाङ र लक्ष्मी तामाङ आफ्नो बाबुआमा रहेको दावी गर्दै तामाङ थर राखेर नागरिकता लिएकी थिइन् । छविलालका छोरासँग चिनजान भएको आधारमा उनलाई आफ्नो दाई बनाएर नक्कली नागरिकता लिन उनी सफल भएको स्रोतको भनाई छ । त्यस क्रममा राई पटक पटक प्रहरी हिरासतमा बस्दै पनि आएकी थिइन् । 

undefinedव्यवसायमा समेत लागेकी राईले किर्ते गरेर नागरिकता लिएपछि २०७९ भदौ ६ गते नेपाली नागरिकको हैसियतमा पर्यटन विभागबाट पर्वतारोहण प्रमाणपत्र लिएर ‘एस्ट्रेक इको एभरेष्ट एन्ड सिचुआन एक्मी एक्सपेडिशन २०२२’ नामक पर्वतारोहण दलको गाइड (पथप्रदर्शक)का रुपमा सगरमाथा आरोहण गरेकी थिइन् । विभागले उक्त प्रमाणपत्र खारेज गर्न खोज्दा एमालेका नेताहरुलाई दबाब दिन लगाएर उनले प्रमाणपत्र खारेज गराउने कार्य रोक्न सफल हुँदै आएकी छन् । 

अहिले राईमाथि फेरि अर्को आरोप लागेको छ । उनले बीमा रकम हत्याउन र एक पीडित परिवारको सम्पत्तिमाथि हक जमाउन अनेकौं जुक्ति लगाएको स्रोतको भनाई छ । 

सन् २०२२ को सेप्टेम्बर २१ मा कपनस्थित इलाइट एक्पेड नामक कम्पनी भएको घरमा आगलागी भयो । त्यस क्रममा कासाङ तेन्जिङ शेर्पाले ज्यान गुमाए । मृतक शेर्पाको परम्पराअनुसार दाहसंस्कार पनि गरियो । कम्पनीमा आगलागी भएको घटनामा प्रहरी अनुसन्धान अझै पनि टुंगिएको छैन । आगलागीमा परी शेर्पासहित तीन जनाको मृत्यु भएको थियो । कासाङ तेन्जिङ शेर्पाले आगलागीमा ज्यान गुमाएपछि एकाएक उनको प्रेमिका र श्रीमती हुँ भन्दै दुई जना महिला आए । 

शेर्पाको प्रेमिका र श्रीमती हुँ भन्दै आउनेहरु कुनै प्रेमिका र श्रीमती नभएको शेर्पाको परिवारको तर्क छ । स्रोतका अनुसार उनीहरुको विशुद्ध उद्देश्य शेर्पाको बीमा दावी रकम हात पार्नु र उनको सम्पत्तिमाथि हक जमाउनु हो । ती दुई महिलामध्ये एक थिइन तिनै युवन्तिका राई । 

undefinedकासाङ तेन्जिङ शेर्पाको श्रीमती हुँ भन्दै आएकी राईले नक्कली कागजाज बनाएर भए पनि नाता प्रमाणित गर्न सफल भइन जुन कुरा पछि आएर मात्रै खुल्यो । शेर्पाको श्रीमती हुँ भन्ने दावी गर्ने राई बीमा रकम र सम्पत्ति दावी गर्न शेर्पाको गृह जिल्ला ताप्लेजुङ पुगेपछि शेर्पाको घरमा परिवारका सदस्य र आफ्न्तहरु आश्चर्यमा परेका थिए । नोभेम्बर ४ अर्थात शेर्पाको मृत्युपछिको ४५ दिनपछि विवाह नभएको मान्छेलाई मृत्यु दर्ता र नाता प्रमाणित गराइ श्रीमती कायम गराउन राई सफल भएको देखिन्छ । 

यो घटना ताप्लेजुङको फाक्ताङलुङ वडा नं. ६ लेलेपका वडा अध्यक्ष पेम्बा टासी लामाको समेत मिलिमातो रहेको स्रोतको दावी छ । युवन्तिकाको आर्थिक वा अन्य प्रभाव र प्रलोभनमा वडाध्यक्ष लामाले नक्कली नाता सम्वन्ध बनाएको हुनसक्ने स्रोतको विश्लेषण छ । मृतकका परिवारलाई थाहा नै नदिई राईले ताप्लेजुङ गएर आफू मृतक शेर्पाको श्रीमती भएको दावी गर्दै के कसरी मृत्यु दर्ता गराउन सफल भइन् ? यो अहिले आश्चर्यको विषय बनेको छ । 

राईले कीर्ते गरेर सो कागजाजहरु बनाएको तथ्य पछि खुलेपछि पीडित परिवारले त्यसविरुद्ध ताप्लेजुङ जिल्ला अदालतमा जालसाँची मुद्दा दर्ता गरेका थिए । सो मुद्दा अहिले पनि विचाराधिन छ । विवाह दर्ताको प्रमाण–पत्र नभए पनि राईले शेर्पाको मृत्यु दर्ता र उनीसँगको नाता सम्वन्धको कागज बनाउन सफल मात्रै भइनन् सोही कागजाजका आधारा काठमाडौं जिल्ला अदालतमा मानाचामल भराई पाउँ भन्दै मुद्दा पनि दर्ता गरिन् । 

झुक्काएर साक्षी 
स्रोतका अनुसार राईले मृतकका दाई र बहिनीलाई बीमा बापतको १४ करोड रुपियाँ पाउने भन्दै झुक्काएर साक्षी बनाइ ल्यापचे हान्न लगाएको पीडित पक्षको भनाई छ । मृतकका दाई र बहिनीलाई बीमा वापतको रकम दिने भन्दै उनले साक्षी बस्न आग्रह गरेपछि सोझा दाई र बहिनीले हस्ताक्षर र ल्याप्चे गरेका थिए । मृतका दाई र बहिनी अशिक्षित भएकाले पढ्दै नपढी ल्याप्चे गरिदिएको स्रोतको भनाई छ । सोही आधारमा राई मृत्यु दर्ताभन्दा अगाडि विवाह दर्ता र त्यसपछि मुत्यु दर्ताको प्रमाणपत्र बनाउन सफल भइन् । त्यस क्रममा राईले आफ्नो राजनीतिक संलग्नता देखाएर पाँच जना अन्य व्यक्तिलाई पनि साक्षी राख्न सफल भइन् । 

युवन्तिका राईले बीमा रकम पाइने भन्दै साक्षीहरुलाई पनि पटक–पटक हस्ताक्षर गर्न लगाएको स्रोतले बतायो । नक्कली कागजाज बनाएपछि उनले अंशको लागि मुद्दा दर्ता गरेकी थिइन् । सबैभन्दा पहिले उनले कपनको घरमा बम पड्काएर आफ्नो श्रीमानको हत्या गरिएको भन्दै आरोप लगाउने र प्रचार गरिन । त्यसपश्चात मृतकका दाइको धरान र काठमाडौंमा रहेका जग्गा र बैंक खाता पनि रोक्का गराइन् । उनको निवेदन र राजनीतिक सक्रियताका आधारमा कम्पनीको शेयर लागत ताप्लेजुङ जिल्ला अदालतले सबै रोकिदियो । 

आफ्नो राजनीतिक पहुँच देखाउन केपी ओलीसँग बसेर फोटो खिचाउने र सामाजिक सञ्जालमा हाल्ने, ओलीका कार्यक्रमहरुमा पुग्ने, ओलीसँगको सम्वन्धको आधारमा काम गराइदिन्छु भन्दै आश्वासन दिने, कतिपय व्यवसायीको कार्यक्रममा ओलीलाई बोलाएर रिवन काट्न लगाउने, त्यो गरिदिएवापत व्यवसायीबाट रकमदेखि स्कुटरसम्म लिने, सुहाङ नेम्वाङसँग निरन्तर भेटघाट गरिरहने जस्ता गतिविधि गर्दै आएकी छन् । 

स्रोतका अनुसार उनको वास्तविक नाम युवन्तिका तामाङ नभइ कञ्चन राई हो । इलाममा बस्दै आएकी उनलाई प्रधानमन्त्री ओलीले छोरीको रुपमा लिँदै र संरक्षण गर्दै आएका छन् । इलाममा यसअघि टिभिएस मोटरसाइलकको शोरुम सञ्चालन गरेकी राई वास्तविक नेपाली नागरिक नभए पनि राजनीति गर्न नागरिकता नभई नहुने भएपछि कीर्ते गरेर लिने उपाय खोजेकी थिइन् जुन कुरा करिव असफल हुने अवस्थामा छ । युवन्तिका राईलाई अदालतले गलत र झुट्ठा विवरण पेश गरी नागरिकता लिएको आधार दोषी ठहर गरे पनि नागरिकता भने खारेज गरेको छैन् । 

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedयो पनि पढ्नुहोस्ः

झुट्ठा विवरण पेश गरी नागरिकता लिने युवन्तिका ओलीको कार्यकर्ता, ढाँटेर हिमाल आरोहण

Advertisement

Advertisement