नजिकिंदै तिहारः ढकमक्क फुलेका सयपत्री फूल (फोटो फिचर)

Advertisement

काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित इचंगुमा ढकमक्क फुलेका सयपत्री फूल । तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकामा सयपत्री फूलको माग बढ्ने गरेको पाइन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

तिहार लक्षित फूलखेती
घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पङेनी र दशरथ साउदले तिहार लक्षित सयपत्री फूलखेती । तस्बिरः रञ्जिता अधिकारी/रासस

Advertisement

व्यावसायिक सयपत्री फूलखेती
रामेछापको मन्थली नगरपालिका–५ डाँडागाँउमा स्थानीय रामबहादुर शाहिले ड्राइगन खेतीभित्र र बाहिर गरेको व्यावसायिक सयपत्री फूल खेती । यस वर्षको तिहारमा सयपत्री फूल बेचेर तीन देखि पाँचलाख आम्दानी गर्ने उनको लक्ष छ । आजभोलि यो फूल बगैँचाबाटै प्रतिकिलो दुईसय पचास रुपैयाँमा बिक्री हुने गरेको छ ।  तस्बिरः रमेश ढुंगेल/रासस

सयपत्री फूल टिपिँदै
दाङको घोराही उपमहानगरपालिका– १३, तुरुन्तपुरमा डुम्बरगाउँका इन्द्रा बुढाले तिहारलाई लक्षित गरेर गरिएको व्यावसायिक सयपत्री फूलखेतीमा फुलेको फूल टिपिँदै । तस्बिरः सुशीला ओली/रासस

undefinedundefinedundefined

Advertisement

Advertisement