सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन एक लाख ६६ हजार नजिक पुग्दा चाँदीको कति पुग्यो ?

Advertisement

काठमाडौं । सुनकमो मूल्यमा थप तीन सय रुपियाँ वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य वृद्धि भइरहँदा यसको प्रभाव स्थानीय बजारमा पर्दा मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो । 
अघिल्लो दिन छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढ्दै २ हजार एक सय रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज कायम सुन र चाँदी दुबैको मूल्य हालसम्मकै उच्च हो । 

Advertisement

Advertisement

Advertisement