शेयर बजारमा झिनो अंकको गिरावटः सवा पाँच अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले घटेको छ । नेप्से तल झरे पनि कारोबार रकम भने ५ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार हिजो स्थिर रहेको बजार आज १.८८ अंकले तल झरेको हो । ०.०७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६७५.५१ अंकमा ओर्लिएको छ । 

Advertisement

समग्रमा बजार घटे पनि विकास बैंक, फाइनान्स, हाइड्रो, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा हरियाली छायो, बाँकी समूह राताम्मे भए । 

undefined

आज ३२० कम्पनीका १ करोड १६ लाख ८ सय ६९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८ सय ५१.२४ रुपियाँ बराबरको कारोबार भयो । 

विभिन्न ३ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी नाफा कमाए । नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो र पिपुल्स हाइड्रोका लगानीकर्ताले क्रमशः १०, ९.९८ र ९.१२ प्रतिशतले नाफा कमाएका हुन् । 

त्यस्तै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५५ प्रतिशतले घाटा व्यहोरे । 

आज नेपाल फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ३५ करोड ३८ लाख ३९ हजार २ सय ६८.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

तिहारपछि हिजो पहिलो दिन शेयर बजार ०.२१ अंकले घट्दा ४ अर्ब २० करोड ५५ लाख ५ हजार २ सय ३७.६१ रुपियाँ बराबरको कारोबार भएको थियो । भोलि साताको अन्तिम दिन छठ पर्वका कारण शेयर बजार बन्द रहने छ ।    
 

Advertisement

Advertisement