काठमाडौं । शुक्रबार सुनको मूल्य फेरि उकालो चढेको छ । हिजो प्रतितोला ४ हजार घटेको सुनको मूल्य आज फेरि २ हजार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एक लाख ६६ हजार ५ सय रुपियाँमा कारोबार भईरहेको छ । हिजो प्रतितोला एक लाख ६४ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला २० रुपियाँले बढेर १ हजार ९८० रुपियाँमा कारोबार भइरहेको छ ।
यसअघि नेपालमा सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।