समता घरेलु लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुने, कहाँ र कति बजे ?

Advertisement

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ शुक्रबार बाँडफाँट हुने भएको छ ।  

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे नारायणचौर नक्सालमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

Advertisement

उक्त कम्पनीको थप सार्वजनिक निष्कासन (एफपीओ) मा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको छ । 

कात्तिक १२ गतेदेखि कात्तिक २० गते अन्तिम दिन साँझ ५ बजसम्म एफपीओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपियाँ बराबरको २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४ः२५ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त एफपीओ ३५ हजार ९० जनाले १०-१० कित्ताका दरले पाउने छन् । आवेदन दिएका १४ लाखको हाल खाली हुने निश्चित छ । 

साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पुँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्नुपर्ने भएकाले एफपीओ जारी गरेको हो । 

एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलका अनुसार हाल ५६ करोड ४० लाख रुपियाँ रहेको लघुवित्तको चुक्ता पुँजी एफपीओ निष्काशनपश्चात् ५९ करोड ९० लाख रुपियाँ पुग्नेछ । 


 

Advertisement

Advertisement