दुई हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत दुई हाइड्रो कम्पनीको शेयर मूल्य समायोजन भएको छ । 

यसैक्रममा मन्दाकिनी हाइड्रोपावर लिमिटेडले शेयरधनीहरुलाई ५ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. ८०४.६७ कायम गरिएको छ । यसअघि रु. ८४४.९० थियो । 

Advertisement

त्यस्तै बिन्ध्यवासिनी हाइड्रोले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६३५.१९ कायम गरिएको छ । यसअघि रु. ६८६ थियो । 

समायोजन गरिएको मूल्यबाट भोलिदेखि नै दुबै कम्पनीको शेयर कारोबार हुने नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement