काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २२ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार रुपियाँमा कारोबार भईरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला प्रतितोला १ हजार ९ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि नेपालमा कात्तिक १५ गते लक्ष्मीपूजाको दिन सुनको मूल्य तोलाको एक लाख ७१ हजारसम्म पुगेको थियो ।