चार कम्पनीको १९ लाख ६० हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न संस्थाको शेयर बिक्री खुलाएको छ ।

बैंकले सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) मा रहेको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाख ९३ हजार ८२५ र नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ९ लाख ६५ हजार गरी कुल १९ लाख ६० हजार ६०३ कित्ता शेयरको बिक्री खुलाएको हो । 

Advertisement

प्रतिकित्ता न्यूनतम मूल्य सीआईटीको मूल्य ७७९, सूर्योदय वोमी २९७, सूर्यज्योति लाइफ १७८ र निफ्राको १०१ रुपियाँ तोकिएको छ । 

सबै कम्पनीको शेयर खरिदका लागि न्यूनतम ५ हजार र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सीआईटीको शेयर बोलकबोलमार्फत हुने भएकाले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीबाहेकका अन्य कम्पनी तथा व्यक्ति सहभागी हुन पाउनेछैनन् ।

बाँकी तीन कम्पनीको शेयर योग्य लगानीकर्ताले खरिद गर्न पाउनेछन् । 

इच्छुक लगानीकर्ताले आजदेखि (मंसिर ३) मंसिर १० गते कार्यालय समयभित्र गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ । 

सबै कम्पनीले यसअघि नै संस्थापक शेयरधनीले खरिद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेका छन् । 

बोलपत्र एनआईसी क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौं वा एनआईसी बैंकको कर्पोरेट कार्यालय तथा शाखा कार्यालय विराटनगर मोरङ, आदर्शनगर वीरगन्ज, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाइन धनगढी र वीरेन्द्रनगर सुर्खेतमा पेस गर्न सकिनेछ । 

बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ । 

Advertisement

Advertisement