तारे र पर्यटकस्तरीय होटलको संख्या बढे

Advertisement

काठमाडौंः पर्यटकीय पूर्वाधारको महत्वपूर्ण माध्यम तारे तथा पर्यटकीय होटलको सङ्ख्या बढ्दै गएको छ । आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार आर्थिक वर्ष २०७२/७३ सम्म (पर्यटन विभागमा दर्ता भएका) तारेस्तरको होटल सङ्ख्या ११६ रहेकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा यो सङ्ख्या बढेर १२० पुगेको छ ।

तारेस्तर बाहेकका पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७२/७३ सम्म ९६० भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा ९८५ पुगेको छ ।

यस्तै तारेस्तरका होटलको श्याको सङ्ख्या पनि क्रमशः वृद्धि भएको छ । आव २०७२/७३ मा नौ हजार ७१० भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा चार प्रतिशतले बढेर १० हजार ७१ श्याया पुगेको छ ।

तारेबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको सङ्ख्या आव २०७३/७४ को प्रथम आठ महिनासम्ममा २८ हजार १७१ पुगेको छ । त्यसैगरी अघिल्लो वर्षको तुलनामा क्यासिनो सञ्चालनको सङ्ख्या पनि बढेको छ ।

आव २०७२/७३ मा तीन क्यासिनो सञ्चालन भएकोमा आव २०७३/७४ को प्रथम आठ महिनामा दुई वटा थप भई हाल पाँचवटा सञ्चालनमा रहेका छन् । त्यस्तै तीन वटा मिनी क्यासिनो र एक अनलाइन ग्यामिङ सञ्चालनमा रहेको जनाएको छ ।

chitwan

Advertisement

Advertisement

Advertisement