भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव, पर्यटक दौडसमेत हुने

Advertisement

पोखराः सुन्दर पर्यटकीय नगरी पोखराको सराङकोटमा आउँदो भदौ १६ गतेदेखि सराङकोट महोत्सव हुने भएको छ । पोखरा घुम्न आउनेहरुले निकै रुचाउने गन्तव्य सराङकोटमा हुन लागेको यो तेस्रो महोत्सव हो ।

पोखरा बजार र हिमालहरुको मनमोहन दृश्य अवलोकन गर्न पाइने यो स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई थप आकर्षण गर्न महोत्सव गरिँदै आएको छ । यस बर्ष १० दिनसम्म चल्ने सराङकोट महोत्सव सराङकोट टोल विकास संस्था, सराङकोट समाज सेवा युवा क्लब, स्मृति युवा क्लब र सराङकोट पर्यटन विकास समितिले आयोजना गर्न लागेका हुन ।

यस महोत्सवमा रत्यौली गीत प्रतियोगिता, साँस्कृतिक भेषभूषा तथा बाजागाजा प्रर्दशनी, पर्यटक दौड प्रतियोगिता, विविध साँस्कृतिक तथा साँगीतिक कार्यक्रम, मौलिक झाँकी प्रर्दशनी, बालउद्यान, दुना टपरी गाँस्ने प्रतियोगिता, प्यारा ग्लाइडिङ, जिप फ्लायर जस्ता कार्यक्रम आयोजना हुनेछन् ।

Advertisement

Advertisement

Advertisement