हिमालयन बैंकले कुलेश्वर माविलाई दियो २१ वटा कम्प्युटर

Advertisement

काठमाडौंः हिमालयन बैंकले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा कुलेश्वरस्थित कुलेश्वर आवास माविलाई एउटा ल्यापटप २० वटा कम्प्युटर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ती सामग्री प्रदान गरेको जनाएको छ ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युर शिक्षा प्रदान गर्न ती ल्यावटप र कम्प्युटर प्रदान गरिएको हो । बैंकको केन्द्रिय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले विद्यालयका प्राध्यानाध्यापक मेघराज दुलाललाई ती सामग्री हस्तान्तरण गरेका हुन ।

Advertisement

Advertisement