निर्धनको बोनस सेयरपछि कतिमा भयो मूल्य समायोजन ?

Advertisement

काठमाडौं: निर्धन उत्त्थान बैंकको ६६.६७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि आइतबार बजार खुल्दा बैंकको सेयर कारोबार १२ सय ६२ रुपियाँलाई आधार मानेर खुल्नेछ ।

यसको औसत आधार मूल्य भने १२ सय ८३ रुपियाँ रहेको छ । पुस २९ गतेको सभामा बैंकले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गर्न लागेको छ ।

त्यसको लागि निर्धनले पुस १४ गते नै बुक क्लोज गरिसकेको छ । सभामा निर्धनले पुँजी संरचना परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउने प्रस्ताव लाग्दैछ ।

बैंकले अधिकृत पुँजी १ अर्बबाट वृद्धि गरेर २ अर्ब रुपियाँ पुर्याउने प्रस्ताव पनि पेश गर्दैछ । त्यसका लागि कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा पनि संशोधन गर्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १२ करोड ५५ लाख १८ हजार रुपियाँ खुद नाफा कमाएको छ ।

Advertisement

Advertisement