औद्योगिक व्यापार मेलामा एकै दिन चार करोडको ब्यापार

Advertisement

पोखरा: पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् ।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो ।

मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको छ । मेलामा घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको छ ।

मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको छ । गाडीको बजार मूल्य १८ लाखभन्दा बढी छ ।

पुस २७ गते शुरु भएको मेला माघ ८ गतेसम्म जारी रहने छ।

Advertisement

Advertisement

Advertisement