चेम्बर र कन्फेडेरेसन अफ वेष्ट वंगालबीच समझदारी

Advertisement

काठमाडौंः नेपाल चेम्वर अफ कमर्स (एनसीसी) र भारतको कन्फेडेरेसन अफ वेष्ट वंगाल टे«ड एशेसिएशनबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको कलकत्तामा भएको एक कार्यक्रमवीच दुई पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा नेपाल चेम्वर अफ कमर्सकोतर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठ र कन्फेडेरेसन अफ वेष्ट वंगाल ट्रेड एसोसिएशनकातर्फबाट अध्यक्ष शुसिल पोद्धारले हस्ताक्षर गरे ।

समझदारीपत्रमा भएको हस्ताक्षर कार्यक्रममा नेपालकातर्फबाट भारतको कलकत्ताका लागि महावाणिज्यदूत एकनारायण अर्याल, वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजू, भन्सार विभागका महानिर्देशक जगदीश रेग्मी र नेपाल इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेत सहभागी थिए ।

समझदारीपत्रमा भएको हस्ताक्षरपछि नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा लगानी गर्न भारतीय पक्षसँंग आग्रह गरे । उद्योगलगायत पर्यटन क्षेत्रमा लगानीका लागि उनाँंले भारतीय पक्षसँंग विशेष अनुरोध गरेका हुन् ।

समझदारीपत्रले द्धिपक्षीय व्यापार तथा लगानी अभिबृद्धि भई आपसी समझदारी वढ्ने विश्वास गरिएको छ । नेपाल चेम्वर अफ कमर्सले हालसम्म ५६ मुलुकहरुसँंग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement